भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

‘एग्रो टुरिज्म’ सपना

‘एग्रो टुरिज्म’ सपना

गलकोट । कृषि पर्यटन ‘एग्रो टुरिज्म’ विकासको सपना बोकेर गलकोटमा बृहत बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरिएको छ । गलकोट नगरपालिका–५ हरिचौरका ३९ वर्षका टोपबहादुर खत्री र गलकोट–७ मल्मका छुमबहादुर थापा मिलेर साझेदारीमा फार्म सञ्चालन गर्नुभएको हो । खत्री १८ वर्ष हटिया बजारमा फोटोग्राफी व्यवसाय गर्दै आउनुभएको थियो भने थापा १९ वर्ष भारतीय सेनाका अवकास प्राप्त सैनिक हुनुहुन्छ ।

कोरोना कालमा धेरै व्यापार व्यवसाय बन्द भए पनि आफूलाई भने यही बेलामा व्यावसायिक फार्मको सोच आएको खत्री बताउनुहुन्छ । बन्द, हड्ताल, निषेधाज्ञामा असर नगर्ने भएकाले कृषि पेशा अगाल्ने योजना बनाइएको उहाँको भनाइ छ । अठार वर्षको फोटोग्राफर व्यवसाय त्यागेर उहाँले हरिचौरको केही आफ्नै र केही रोपनी भाडाको जग्गामा बहुउदेश्यीय कृषि फार्म सञ्चालनमा ल्याउनुभएको छ । भारतीय जलसेनामा हबल्दार पदमा अवकास प्राप्त थापाले सामान्य किराना पसल सञ्चालन गर्दै आउनुभएको थियो । खत्री र थापा नाताले भिनाजु साला हुनुहुन्छ ।

गत माघदेखि संयुक्त लगानीमा उहाँहरुे २४ रोपनी जग्गामा रु एक करोड भन्दा बढीको लागतमा कृषि फार्म सञ्चालनमा ल्याएसँगै उत्साहित पनि हुनुहुन्छ । गलकोट–६ को मजुवा फाँटमा फैलिएको दरमखोला एग्रिकल्चर एण्ड लाइभस्टक फार्ममा पाँच तरकारी टनेल, हाँस ४००, बट्टाई ५००, लोकल कुखुरा ३००, माछा पाँच हजार र बङ्गुर १०७ छन् ।

तरकारी र बट्टाईका अण्डाले आम्दानी हुन थालेको कृषि फार्मले अन्य उत्पादन बढाउँदै लैजाने उद्देश्य राखेको छ । उहाँहरुले गत माघदेखि दरमखोला एग्रिकल्चर एण्ड लाइभस्टक फार्म सञ्चालनमा ल्याउनुभएको छ । अहिले कृषि फार्मलाई एग्रो टुरिज्मको हब बनाउने गरी पसल छाडेर साथ दिएको फार्मका सञ्चालक थापा बताउनुहुन्छ ।

“१८ वर्ष गलकोटमा फोटोग्राफी व्यवसाय गर्दै आएको थिए, अलि वृहत कृषि फार्म सञ्चालन गर्ने योजना पलायो”, सञ्चालक खत्रीले भन्नुभयो “कृषि पेशा नै दीर्घकालीन होला भन्ने लाग्यो, कृषि रिसोर्टसहित कृषि पर्यटनसँग जोड्ने लक्ष्यसहित भिनाजुसँग मिलेर फार्म सञ्चालन गरेका हौं, हाम्रो योजना अनुसार फार्मलाई अझै ७५ प्रतिशत विकास र विस्तार गर्ने लक्ष्य छ, अहिले विस्तार र परीक्षणका क्रममा छौं भने केही कृषि तथा पशु उत्पादनलाई बजारिकरण समेत शुरु गरिसकेका छौं ।”

उहाँका अनुसार उक्त फार्मभित्रै एग्रो रिसोर्ट सञ्चालन गर्ने लक्ष्य छ । फार्ममै २० जना भन्दा बढीलाई रोजगारी दिने उद्देश्य छ । अहिले आठ रोपनी आफ्नै जग्गा र अन्य जग्गा १५ वर्षलाई वार्षिक रु एक लाख ५० हजार भाडामा जग्गा लिएर फार्म सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । अहिले फार्ममा तीन जनालाई रोजगारी दिइएको छ ।

भारतीय सेनाबाट अवकासपछि सानो पसल सञ्चालन गर्दै आउनुभएकामा अहिले सालाको योजनामा कृषि फार्ममा लगानी गरेको अर्का सञ्चालक थापाले बताउनुभयो । फार्ममा ग्रास काप, नैनी प्रजातिका छ हजार माछा हुर्किरहेका छन् । माछालाई आगामी भदौमा बजार पठाउने तयारी रहेको सञ्चालक खत्रीले जानकारी दिनुभयो । कुखुरा, अण्डा, चल्ला, बङ्गुरका पाठापाठी, माछालगायतका अनेकौं पशुपक्षी तथा तरकारी उत्पादन गरी गलकोट बजारमा बिक्री गर्ने र एग्रो रिसार्ट सञ्चालनपछि त्यहाँ आएका पर्यटकलाई लक्षित गरी व्यापार गर्ने उनीहरुको लक्ष्य छ ।

 


Thali Mobile Pvt.Ltd.