भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

एचआइभी सङ्क्रमितमा कुपोषणको समस्या

एचआइभी सङ्क्रमितमा कुपोषणको समस्या

चितवन । जिल्लामा रहेका एचआइभी सङ्क्रमितहरूमा कुपोषणको समस्या देखिएको छ । एएचएफ नेपालले भरतपुर अस्पतालको सहकार्यमा सञ्चालन गरेको एआरटी सेन्टरको तथ्याङ्कानुसार जिल्लामा रहेका सङ्क्रमितमध्ये दुई सय ३० जनामा कुपोषण देखिएको छ ।कुपोषण हुनेमा महिलाको सङ्ख्या धेरै रहेको एएचएफ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत कृष्णहरि सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितमा पिछडा वर्गका समुदायका बढी सङ्ख्यामा कुपोषण समस्या देखिएको छ । भरतपुर महानगरपालिका, माडी, रत्ननगर, खैरहनी र कालिका नगरपालिकामा रहेका सङ्क्रमितमा कुपोषणको समस्या देखापरेको हो । परिवारका सदस्यमा सङ्क्रमण हुँदा आयआर्जनमा समस्या परेकाले कुपोषण देखिने गरेको उहाँको भनाइ छ ।

पोषणका कारण एचआइभी एड्स सङ्क्रमितमा विभिन्न किसिमका समसया देखिने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कुपोषणका कारण रोगसँग लड्ने क्षमताको विकास नहुँदा अन्य रोगको सङ्क्रमण बढ्दै जान्छ ।” रोगसँग लड्ने क्षमताको विकास नभएपछि शरीरमा भाइरसको सङ्ख्या बढ्ने, रक्तअल्पता हुने, दैनिक आर्यआर्जनमा समस्या हुने, क्षयरोग, झाडापखला, घाउ खटिरा हुने, ज्वरो आउने, निमोनिया हुनेजस्ता समस्या भइरहने उहाँले बताउनुभयो ।जसका कारण मानव स्वास्थ्यमा नियमित समस्या देखिने गरेको उहाँको भनाइ छ । एचआइभी एड्स सङ्क्रमितमा कुपोषणको समस्या नहोस् भनेर कार्यालयले उनीहरूलाई जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ भने स्थानीय सरकारसँग समन्वय गरेर पोषणयुक्त खानाका लागि सहयोग गरेको छ ।अहिले जिल्लामा एक हजार एक सय १० जना सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरूले नियमित औषधि सेवन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । सापकोटाका अनुसार सन् २०२२ मा जिल्लामा एक सय १४ जना नयाँ सङ्क्रमित थपिएका छन् । जसमध्ये ३४ भरतपुर अस्पतालमा र ८० जना जिल्लामा रहेका विभिन्न सङ्घसंस्थाको सक्रियतामा पत्ता लागेका हुन् । यस वर्ष सेन्टरबाट एक सय ४५ नयाँ बिरामीले औषधि सेवन गर्न थालेका छन् । जसमध्ये ३१ जना जिल्ला बाहिरबाट यहाँ आएका हुन् । यस्तै यस वर्ष जिल्ला छाडेर स्थानान्तरण हुनेको सङ्ख्या ४६ जना रहेको उहाँले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.