भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

एनआइसी एशिया लघुवित्तको वितरणयोग्य नाफा ७५ करोड ६० लाख

एनआइसी एशिया लघुवित्तको वितरणयोग्य नाफा ७५ करोड ६० लाख

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्ममा लघुवित्तले ४३ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन थियो।

गत आर्थिक वर्षमा कम्पनीले २ अर्ब २३ करोड निक्षेप र १ अर्ब ३७ करोड कर्जा सापटि लिई १८ अर्ब ३ करोड कर्जा परिचालन गरेको थियो भने अघिल्लो वर्षमा ३ अर्ब ३५ करोड निक्षेप र १६ अर्ब २३ करोड कर्जा सापटि लिई २१ अर्ब १३ करोड कर्जा परिचालन गरेको थियो । संस्थाले १ अर्ब ९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने अघिल्लो वर्ष १ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । संस्थाको संचालन मुनाफा ४३ करोड २ लाख रहेको छ भने गत वर्षमा ५८ करोड ७ लाख रहेको थियो ।

हाल संस्थाको चुक्ता पुँजी १ अर्ब ७३ करोड रहेको छ । जगेडा कोषमा ७१ करोड १६ लाख रुपैयाँ रहेको छ भने संचित नाफा ७५ करोड ६२ लाख रहेको छ । त्यस्तै संस्थाको निष्कृत कर्जा अनुपात ४.६४ प्रतिशत रहेको छ । गत वर्ष संस्थाको निष्कृत कर्जा १.४३ प्रतिशत रहेको थियो ।

यस अवधिसम्ममा संस्थाको प्रतिसेयर आम्दानी १७.२५ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा २४.७८ रुपैयाँ रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.