भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

एनआइसी एशिया लघुवित्तको वितरणयोग्य नाफा ७५ करोड ६० लाख

एनआइसी एशिया लघुवित्तको वितरणयोग्य नाफा ७५ करोड ६० लाख

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्ममा लघुवित्तले ४३ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन थियो।

गत आर्थिक वर्षमा कम्पनीले २ अर्ब २३ करोड निक्षेप र १ अर्ब ३७ करोड कर्जा सापटि लिई १८ अर्ब ३ करोड कर्जा परिचालन गरेको थियो भने अघिल्लो वर्षमा ३ अर्ब ३५ करोड निक्षेप र १६ अर्ब २३ करोड कर्जा सापटि लिई २१ अर्ब १३ करोड कर्जा परिचालन गरेको थियो । संस्थाले १ अर्ब ९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने अघिल्लो वर्ष १ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । संस्थाको संचालन मुनाफा ४३ करोड २ लाख रहेको छ भने गत वर्षमा ५८ करोड ७ लाख रहेको थियो ।

हाल संस्थाको चुक्ता पुँजी १ अर्ब ७३ करोड रहेको छ । जगेडा कोषमा ७१ करोड १६ लाख रुपैयाँ रहेको छ भने संचित नाफा ७५ करोड ६२ लाख रहेको छ । त्यस्तै संस्थाको निष्कृत कर्जा अनुपात ४.६४ प्रतिशत रहेको छ । गत वर्ष संस्थाको निष्कृत कर्जा १.४३ प्रतिशत रहेको थियो ।

यस अवधिसम्ममा संस्थाको प्रतिसेयर आम्दानी १७.२५ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा २४.७८ रुपैयाँ रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.