काठमाडौं । मंगलबार नेपालमा ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार २५६ पीसीआर र २ हजार ८३९ एन्टिजेन परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार कोरोना संक्रमणकै कारण २ जनाको मृत्यु भएको छ ।
मंगलबार १८ सय ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
