भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

कर्णालीमा डुङ्गा पल्टिँदा एक युवती बेपत्ता

कर्णालीमा डुङ्गा पल्टिँदा एक युवती बेपत्ता

कर्णाली । कर्णाली नदीमा डुङ्गा पल्टिँदा पश्चिम सुर्खेतकी एक युवती बेपत्ता भएकी छिन् । कैलालीको मोहन्याल गाउँपालिकातर्फ जाने क्रममा आज बिहान डुङ्गा पल्टिँदा चौकुने गाउँपालिका– १० घाटगाउँकी १८ वर्षीया अनिता नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतको चौकुने गाउँपालिका– १० र कैलालीको मोहन्याल गाउँपालिका– ३ को सिमानामा पर्ने कर्णाली नदीमा डुङ्गा पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले डुङ्गामा सवार छ जनामध्ये पाँच जना पौडिएर ज्यान जोगाउन सफल भएका बताए । डुङ्गामा एक पुरुष र पाँच महिला यात्रु सवार थिए । दसैँमा घर लिपपोतका लागि कमेरो र रातो माटो लिन उनीहरु मोहन्याल गाउँपालिकामा पर्ने सोल्टा भन्ने स्थानतर्फ लागेको बताइएको छ । यसअघि साउन २१ गते सोही स्थानमा डुङ्गा पल्टिँदा बेपत्ता भएका दुई जनाको शव अझैं फेला परेको छैन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.