कर्णालीमा थप ५१ संक्रमित

कर्णालीमा थप ५१ संक्रमित

कर्णाली । कर्णालीमा कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन । दिनहुँ संक्रमित बढ्ने क्रम जारी भए पनि सावधानी अपनाएको देखिदैन । कार्यालयदेखि पाटीपौवासम्म मानव भीडले जोखिम बढाएको छ । कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पिसीआर परीक्षणमा ४२ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ गरी ५१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.