भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पौडेलको ‘अल्टिमेटम’मा देउवाको एक्सन

पौडेलको ‘अल्टिमेटम’मा देउवाको एक्सन

काठमाडौं । बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफूले उठाएको माग सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दिएको ‘अल्टिमेटम’ सकिनै लाग्दा काँग्रेस सभापति देउवाले एक्सन लिने भएका छन् ।

पौडेल समूहको मागबारे देउवाले शनिबारदेखि आफू निकट नेता, पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग परामर्श सुरु गरेका थिए । पौडेल पक्षको माग र भोलिको केन्द्रीय समिति बैठकका एजेण्डाबारे छलफल गर्न आइतबार बिहान पदाधिकारी बैठक बोलाइएको थियो तर चार केन्द्रीय सदस्य र पार्टी कार्यालयमा कार्यरत केही कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि पदाधिकारी बैठक स्थगित गरिएको छ ।

पौडेल पक्षले १२ गते एक हप्ताभित्र आफ्ना माग पूरा नगरेमा विरोधका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएको थियो । पौडेल पक्षले पछिल्लो समयमा देउवाले ‘एकलौटी’ रुपमा गठन गरेका विभाग तथा पुराना विभागमा भएका केही नयाँ नियुक्ति सच्याउनु पर्ने, बाँकी जिल्लामा समायोजनको बाँकी काम छिटो सक्नुपर्ने र आफूखुसी क्रियाशील सदस्यता बाँड्ने काम रोक्नुपर्ने माग गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.