काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको मागदावीलाई अस्वीकार गरेको छ ।
आइतबार आयोगको बैठकले मान्यता नदिएको हो । नेकपा प्रचण्ड माधव र केपी ओलीजी पक्षमा विभाजित भएको छ । नेकपाका दुवै पक्षबाट दल विभाजको विवरण नभई ऐनको दफा ५१ अनुसार विधान परिवर्तन, पदाधिकारी हेरफेर, कारबाही गरिएको लगायतका विवरणका विषयमा आयोगलाई जानकारी दिएका थिए ।
