भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

कर्णाली प्रदेशको मुख्य न्यायधिवक्तामा खनाल

कर्णाली प्रदेशको मुख्य न्यायधिवक्तामा खनाल

काठमाडौं । कर्णाली प्रदेशको मुख्य न्यायधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त भएका छन् ।

दैलेख सिगौडी निवासी खनाललाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष नियुक्तिका लागि सिफारिस भएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संवैधानिक व्यवस्था अनुसार धारा १६० को उपधारा २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका हुन् ।

यसअघि मुख्य न्यायाधिवक्तामा नियुक्त भएका विद्याभुषण मानन्धरको फागुन १३ गतेदेखि लागु हुने गरि राजीनामा स्वीकृत भएपछि खाली रहेको स्थानमा खनाललाई सिफारिस गरिएको हो ।

स्रोतका अनुसार केही दिनमै प्रदेश प्रमुखको कार्यालयमा खनालले सपथ लिने कार्यक्रम तय गरिएको छ । लामो समयदेखि अधिवक्ता भएर काम थालेका खनाल कानून र न्यायका जानकारका रुपमा सर्वसाधारणले बुझ्ने गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.