टोकियो । कर्णाली प्रदेश समाज कान्तो (टोकियो) जापानको अध्यक्षमा दैलेखका बीरेन्द्र शाही निर्वाचित भएका छन् । कर्णाली प्रदेशको विकासमा योगदान पुर्याउने उदेश्यले गठन गरिएकाे समाज जापानका केन्द्रीय अध्यक्ष कृष्ण शाहीले बताए । जापानको राजधानी टोकियोस्थित कान्तो क्षेत्रमा रहेका युवाहरुको भेलाले मगंलबार बीरेन्द्र शाहीको अध्यक्षतामा कर्णाली प्रदेश समाज कान्तो (टोकियो) जापान गठन गरेको हाे ।
टोकियोको अध्यक्षमा दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं ८ तिलेपाटका निवासी बीरेन्द्र शाही निर्वाचित भएको समाजका केन्द्रीय अध्यक्ष कृष्ण शाहीले कैलाश खबरलाई जानकारी दिए । अध्यक्ष शाहीले जापानमा रहेका कर्णालीबासी र समग्र नेपालीको हक हितका लागि काम गर्ने बताएका छन् ।
उनले हरेक हिसाबमा पीछडिएकाे कर्णाली प्रदेशको विकासका लागि आफ्ना पाइला सदा चलिरहने भन्दै जापानमा नेपालको कला संस्कृति आदान प्रदान गर्न कर्णाली प्रदेश समाज टोकियोले पुलको रुपमा काम गर्ने बताए ।
बीरेन्द्र शाहीकाे अध्यक्षतामा १५ सदस्यीय समाजमा गठन भएकाे हाे । जसकाे बरिष्ठ उपाध्यक्षमा युवराज धमला, विन्दु शाही, महासचिवमा जीवन शाही, सचिवमा सृजन रोकाया, कोषाध्यक्षमा दिपेस गिरी(दिप), सह–कोषाध्यक्षमा रमेश सिमखडा निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा भरत विष्ट, कमल कठायत, दुर्गराज न्यौपाने, सहदेव न्यौपाने, भरत पस्ताव,टोपी ओली, साह कु शाही, हरिसिङ बुढा, चन्दिका न्यौपाने र बिनु हमाल चयन भएका छन् ।
कर्णाली प्रदेश समाज कान्तो (टोकियो) जापानको निर्वाचित टिमलाइ विभिन्न संघ सस्थाले धन्यवाद दिएका छन् । कर्णाली प्रदेशका विकट गाउँ बस्तीबाट रोजगारी तथा अध्ययनकाे शिलशिलामा जापान पुगेका युवाहरूले कर्णाली प्रदेशको समग्र विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाएका छन् ।
