भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

कर चुक्ता प्रमाणपत्र अनलाइनबाटै जाँच्न सकिने

कर चुक्ता प्रमाणपत्र अनलाइनबाटै जाँच्न सकिने

काठमाडौं । कर कार्यालयले दिएको करचुक्ता प्रमाणपत्रको आधिकारिकता अब करदाताले घरमै बसेर कम्प्युटरको माध्यमबाट हेर्न सक्ने भएका छन् ।

आन्तरिक राजस्व विभागले वेवसाइट अध्यावधिक गर्दै करचुक्ताको प्रमाणपत्र प्राप्त भए नभएको खोजी गर्न सकिने प्रणाली राखेको छ । वेबपोर्टलबाट आफ्नो प्यान नम्बर, आर्थिक वर्ष र प्रमाणपत्र नम्बर राखेपछि प्रमाणपत्रले आधिकारिकता पाए(नपाएको हेर्न सकिने गरी प्रणाली विकास गरिएको हो ।

कर बुझाउन कर कार्यालयमै धाउनु पर्ने बध्यता हटाउँदै बैंक वा विद्युतीय भुक्तानीका माध्यमबाट समेत कर तिर्न सकिने प्रणालीको विकास गरेको थियो । करदाताले कर तिरिसकेपछि आफैं करचुक्ता प्रमाणपत्र डाउनलोडसमेत गर्न सक्छन् । सोही प्रमाणपत्रको आधिकारिकता जाँच वेबपोर्टलबाट गर्न सकिने भएको छ ।

करदाताका लागि विद्युतीय माध्यमबाटै करचुक्ता प्रमाणपत्र समेत जारी हुने गरी प्रणाली बनाएको हो । यसका लागि विभागको एकीकृत कर प्रणालीमा विद्युतीय कर चुक्ता प्रमाणपत्र माग गर्न सकिने गरी प्रणाली बनाइएको छ । मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताको विवरण बायोम्याट्रिक प्रणालीमा अध्यावधिक गर्ने भएको छ ।

सो प्रयोजनका लागि सम्बन्धित कर कार्यालयमा पुगेर आफ्नो विवरण अध्यावधिक गराउन विभागले करदातालाई आहृवान समेत गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.