काठमाडौं । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । ७० वर्षीय चालिसे पाँच दिनअघि अस्पताल भर्ना भएका थिए ।
उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका चालिसे काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी हुन ।
