कस्तुरीको बिनासहित दरबारमार्गबाट दुई पक्राउ

कस्तुरीको बिनासहित दरबारमार्गबाट दुई पक्राउ

काठमाडौं ।  काठमाडौंबाट कस्तुरीको बिनासहित तीन जना पक्राउ परेका छन्। प्रहरीले बिहीबार दरबारमार्गबाट कस्तुरीको बिनासहित दुई जनालाई पक्राउ गरेको हो।  महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दिउँसो दुई बजे काभ्रे घर भई बौद्ध बस्ने ३९ वर्षीय पासाङ लामा र डल्लु बस्ने ३६ वर्षीय राम कुमार लामालाई पक्राउ गरेको हो।

महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार दरबारमार्गमा कस्तुरीको बिना अवैध रूपमा बिक्री(वितरण भइरहेको भन्ने सूचना आएको थियो। सोही सूचनाको आधारमा प्रहरीको विषेश टोली खटाइएको थियो। सो टोलीले लामाद्वयलाई पक्राउ गरेको हो।  उनीहरूबाट एक थान कस्तुरीको बिना र चार वटा मोबाइल बरामद गरेको छ। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

थापाका अनुसार करिब सात लाख रुपैयाँमा उनीहरूले बिना बेच्न खोजेका थिए। यो कसुरमा वन्यजन्तु ऐन आकर्षित हुन्छ। प्रहरीले उनीहरूलाई के कारबाही गर्ने भन्नेबारे कानुनी परामर्श लिइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.