भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कस्तुरीको बिनासहित दरबारमार्गबाट दुई पक्राउ

कस्तुरीको बिनासहित दरबारमार्गबाट दुई पक्राउ

काठमाडौं ।  काठमाडौंबाट कस्तुरीको बिनासहित तीन जना पक्राउ परेका छन्। प्रहरीले बिहीबार दरबारमार्गबाट कस्तुरीको बिनासहित दुई जनालाई पक्राउ गरेको हो।  महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दिउँसो दुई बजे काभ्रे घर भई बौद्ध बस्ने ३९ वर्षीय पासाङ लामा र डल्लु बस्ने ३६ वर्षीय राम कुमार लामालाई पक्राउ गरेको हो।

महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार दरबारमार्गमा कस्तुरीको बिना अवैध रूपमा बिक्री(वितरण भइरहेको भन्ने सूचना आएको थियो। सोही सूचनाको आधारमा प्रहरीको विषेश टोली खटाइएको थियो। सो टोलीले लामाद्वयलाई पक्राउ गरेको हो।  उनीहरूबाट एक थान कस्तुरीको बिना र चार वटा मोबाइल बरामद गरेको छ। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

थापाका अनुसार करिब सात लाख रुपैयाँमा उनीहरूले बिना बेच्न खोजेका थिए। यो कसुरमा वन्यजन्तु ऐन आकर्षित हुन्छ। प्रहरीले उनीहरूलाई के कारबाही गर्ने भन्नेबारे कानुनी परामर्श लिइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.