भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कांग्रेस जिल्ला सभापतिको भेला काठमाडौंमा

कांग्रेस जिल्ला सभापतिको भेला काठमाडौंमा

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला काठमाडौंमा बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजे बस्ने बैठकमा पार्टी सदस्यता मुख्य एजेण्डा बनाइएको छ । जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौं बोलाएको पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बताए ।

भोलिसम्म सञ्चालन हुने बैठकमा पार्टी सञ्चालन विधिबारे पनि छलफल हुने बताइएको छ । सभापतिहरूले क्रियाशील सदस्यको अवस्था जानकारी गराएपछि त्यसमाथि छलफल हुने भएको हो ।

बैठकमा बोलाउनुअघि जिल्ला सभापतिहरूलाई क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको विवरण, नवीकरण र अभिलेखीकरणको बिषय, विधान बमोजिम गर्नु पर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी संचालन तथा व्यवस्थापनलगायतका विषयसहित उपस्थित हुन पत्राचार गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.