भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेस मतगणनामा अब १५ सय मत गन्न बाँकी

कांग्रेस मतगणनामा अब १५ सय मत गन्न बाँकी

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । राष्ट्रियसभा गृहमा जारी मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् । हालसम्म ३२८२ मत गणना भएको छ भने देउवाले १५०० मत पाएर अग्रता कायम गरेका छन् ।

अर्का उम्मेदवार शेखर कोइरालाले ११९७, प्रकाशमान सिंहले २५७ र विमलेन्द्र निधिले २०१० मत पाउँदा कल्याण गुरुङले भने १७ मत पाएका छन् । सभापतिमा निर्वाचित हुन कांग्रेसको विधानअनुसार खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६ सय ७९ महाधिवेशन प्रतिनिधिले मत खसालेका थिए ।

अब उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुने नेपाली काँग्रेसले जनाएको छ । निर्वाचन समितिका अनुसार अब करिब १५ सय मत गन्न बाँकी छ ।

अहिले सम्म यस्तो छ परिणाम
शेरबहादुर देउवा – १५५६
डा। शेखर कोइराला – ११९७
प्रकाशमान सिहं – २५७
विमलेन्द्र निधि – २०१
कल्याण गुरुङ – १७

 


Thali Mobile Pvt.Ltd.