भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । अमेरिकी सहयोग परियोजना अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफल गर्न काँग्रेसले संसदीय दलको बैठक मंगलबारका लागि बोलाएको हो ।
सत्तारुढ गठबनधनका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन ।

सत्ता साझेदार दलको सहमतिबिना पनि प्रधानमन्त्री शेरबहादुर देउवा संसदको आगामी बैठकमा एमसीसी सम्झौता टेलब गर्ने मनस्थितिमा रहेको जनाइएको छ ।
कांग्रेसले काठमाडौं उपत्यका बाहिर रहेका आफ्ना सांसदहरुलाई अनिवार्य काठमाडौं फर्कन निर्देशन दिएको छ । बैठक मंगलबार बिहान ९ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने नेपाली काँग्रेसले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.