भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कारण देखाउ आदेश जारी

कारण देखाउ आदेश जारी

विराटनगर, । प्रदेश नं १ मा स्थापित पर्यटन विकास बोर्ड वर्तमान सरकारले खारेज गरेको निर्णयमाथि उच्च अदालत विराटनगरमा परेको रिट निवेदनमा कारण देखाउ आदेश जारी भएपछि बोर्डमा आवद्ध सदस्य उत्साहित भएका छन् ।बोर्डका उपाध्यक्ष फणिन्द्र अधिकारीले आज पत्रकार सम्मेलन गर्दै पर्यटनको माध्यमबाट दिगो विकास, रोजगारी सिर्जना, विदेशी मुद्राआर्जन गरी देशको आर्थिक समृद्धि गर्ने क्षेत्रको विकास गर्ने संस्था खारेज गर्ने प्रदेश सरकारको निर्णय गलत भएको बताए ।

उनले प्रदेश पर्यटन विकास ऐन, २०७६ को दफा ४३ ले दिएको अधिकार प्रयोग गरी ऐनको उद्देश्य कार्यान्वयन गर्न प्रदेश सरकारले ‘प्रदेश पर्यटन बोर्ड नियमावली–२०७८’ लागू गरी प्रदेश पर्यटन बोर्ड गठन गरेको थियो । अघिल्लो सरकारले छ जनालाई तीन वर्षका लागि नियुक्त गरी कार्यभार सम्हालीसकेको अवस्थामा गत मङ्सिर ९ गते मन्त्रिपरिषद्को निर्णयबाट कानुनको गलत व्याख्या गरी प्रदेश पर्यटन बोर्ड नियमावली, २०७८ खारेज गरिएको रिट निवेदनमा उच्च अदालतले कारण देखाउ आदेश जारी गरेपछि पुनः यही पुस १ गते विपक्षीको नाममा प्रमाणसहित पुस ८ गते उपस्थित हुनआदेश जारी भएको थियो ।

न्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलाशले पर्यटन बोर्ड खारेज गर्ने निर्णय कानुन अनुकूल नदेखिएको हुँदा निवेदनको अन्तिम टुङ्गो नलागेसम्मलाई नियक्त खारेज गर्ने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राखि पुनः अन्तरिम आदेश प्राप्त भएको उपाध्यक्ष अधिकारीले बताए ।

 


Thali Mobile Pvt.Ltd.