भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

दोलखामा चार हजार नयाँ मतदाता

दोलखामा चार हजार नयाँ मतदाता

चरिकोट, । आगामी निर्वाचनका लागि दोलखा जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा करिब चार हजार मतदाता थपिएका छन् । कार्यालयले जिल्लाको नौ ओटै स्थानीय तहमा सञ्चालन गरेको नामावली सङ्कलन अभियानमा तीन हजार ९१९मतदाता थप भएको हो ।

जिल्लाको नौ ओटै स्थानीय तहमा गत मङ्सिर १७ गतेदेखि पुस ९ गतेसम्म दुईचरणमा गरिएको नामावली सङ्कलनमा दुई हजार ८८ पुरुष र एक हजार ८३१ महिला थपिएको कार्यालयका निमित प्रमुख विशाल केसीले बताए । स्थानीय तहमध्ये बिगु गाउँपालिकामा सबैभन्दा बढी ९८९र कालिञ्चोकमा सबैभन्दा कम १३९ जना थपिएका थिए ।

जिल्लामा २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा महिला ७५ हजार ३८४ र पुरुष ७५ हजार ८११ जना गरी एक लाख ५१ हजार १९५ मतदाता थिए । त्यसपछि अभियान सङ्कलन सुरु गर्दासम्म एक लाख ५७ हजार १४१ जना पुगेका छन् भने चार हजार १५९ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

मतदाता नामावली सङ्कलनमा नाम दर्ता गराउन छुट भएका नागरिकको हकमा निर्वाचन आयोगबाट निर्देशन जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई दर्ता गराउन सकिने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.