भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

सुन्तला खरिद गर्न बगैँचामा पुगे व्यापारी

सुन्तला खरिद गर्न बगैँचामा पुगे व्यापारी

गलेश्वर, । म्याग्दीमा उत्पादित सुन्तला खरिदका लागि व्यापारी सुन्तलाको बगैँचामा नै पुग्न थालेका छन् । पश्चिम म्याग्दीको बास्कुना, भकिम्ल, मरेक, राखु, बरङ्जा र उत्तरी म्याग्दीका हिस्तान, दोसल्लेलगायत गाउँमा सुन्तला खरिदका लागि व्यापारी पुगेका हुन् ।यी क्षेत्रमा सुन्तला खरिद गर्न व्यापारी पुगे पनि किसान भने उत्साहित छैनन् । बोटमा लटरम्मै फलेका सुन्तलामा चाइनिज सिडरस फुड फ्लाइ औँसा नामक कीराको प्रकोप देखिएको र सोही रोगका कारण दाना पोटिला नहुँदा भनेजति मूल्य नपाएको किसानको गुनासो छ ।

त्यसैगरी सुन्तलाको बोटमा औंँसा कीरा लागेर दाना पहेँलो हुँदै झर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । यसवर्ष उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानको दोसल्ले, मङ्गला–१, खानीगाउँ र मङ्गला–३, बराङ्जाको घोर्लेनीलगायत क्षेत्रमा लगाइएको सुन्तलामा औँसा कीरा लागेको त्यहाँका किसानले बताएका छन् ।त्यसैगरी गएको वर्ष पनि बेनी नगरपालिका–३, भकिम्लीको राखु, मरेक तथा ४ नम्बर वडा सिङ्गाको बास्कुना, सुर्केमेला, थामडाँडासहित मङ्गला–५, अर्मन र मालिका–७, बिम गाउँमा लगाइएको सुन्तला खेतीमा औँसा कीरा लागेको थियो ।

गएको वर्ष औँसा कीराको प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्रमार्फत प्रोटिन बेस खाद्यपासो थापेर औँसा नियन्त्रण गरिएको क्षेत्रमा प्रकोप घट्दो क्रममा रहेको र अन्य ठाउँमा बढ्दै गएको छ । सुन्तलामा औँसा कीरा लागेपछि विस्तारै बोट सुक्दै जाने, दाना चाउरी पर्ने, समय नपुग्दै पहेँलो हुने तथा नपाक्दै झर्नेजस्ता समस्या देखिएको किसानले बताएका छन् । यसपटक अन्नपूर्णको दोसल्लेमा व्यावसायिकरूपले गरिएको सुन्तलाखेतीमा औँसा कीराको प्रकोप धेरै देखिएको छ ।

दोसल्लेका अधिकांश किसानको बगैँचामा लगाइएको सुन्तलामा औँसा कीराको प्रकोप देखिएको दोसल्ले व्यावसायिक सुन्तलाजात फलफूल किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजा पुनले बताए । बास्कुनाका किसान तिलक गुरुङले गाउँका ९० घरधुरीका २०० भन्दा बढी किसानले व्यावसायिकरूपमा सुन्तलाखेती गरेको बताए । उनका अनुसार बास्कुनादेखि बरङ्जा क्षेत्रमा मात्रै २० हजार सुन्तलाका बोट छन् ।

किसानले बोटबाट नै प्रतिकिलो रू ७० मा सुन्तला बिक्री गरिरहेका उनले जानकारी दिए । “बोटमा सुन्तला त राम्रैसँग फलेका छन् तर औँसा कीराका कारण दाना पनि त्यति पोटिला छैनन् र झर्ने समस्या पनि देखिएको छ । त्यसैले जति आम्दानी हुनुपथ्र्यो त्यति हुदैन की भन्ने चिन्ता थपिएको छ”उनले भने ।

 


Thali Mobile Pvt.Ltd.