भर्खरै : Sorry, your browser does not support inline SVG.
सिद्धबाबा नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध | युएईद्वारा इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार निलम्बन | मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान |

पाँच नेपाली कम्पनी र एक भारतीय कम्पनी कालोसूचीमा

पाँच नेपाली कम्पनी र एक भारतीय कम्पनी कालोसूचीमा

काठमाण्डौ । सरकारले पाँचवटा नेपाली कम्पनीलाई एक–एक वर्ष र एक भारतीय कम्पनी टीबीईएलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । कम्पनीहरुलाई कालोसूची अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नपाउने गरि सरकारले कालोसूचीमा राखेको हो ।

नेपाली कम्पनीहरुमा चिराग कन्स्ट्रक्म्सन गोरखा, कर्णाली बिल्डर्स धनुषा, फैजल एण्ड अफजल कन्स्ट्रक्सन रौतहट, कुरालदेव निर्माण सेवा रसुवा र तितुङ कन्स्ट्रक्सन काठमाण्डौ रहेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण तथा आपूर्तिमा आबद्ध एउटा कम्पनीलाई तीन वर्ष र ५ वटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.