भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

बार्सिलोना दोस्रो स्थानमा

बार्सिलोना दोस्रो स्थानमा

काठमाडौं । बार्सिलोना स्पेनिस लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा बार्सिलोनाले सेभियालाई हराउदै दोस्रो स्थानमा पुगेको हो । बार्सिलोनाले सेभियालाई १–० ले हराएको हो । लिगमा शीर्ष स्थानको रियाल मड्रिडको ३० खेलबाट ६९ अंक छ । एक खेल कम खेलेको बार्सिलोना ५७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

तेस्रो स्थानको एथ्लेटिको मड्रिड तथा चौथो स्थानको सेभियाको पनि समान ५७ अंक नै रहेको छ ।  बार्साको जितमा पेड्री गोन्जालेजले ७२ औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै बार्सिलोना जारी सिजनको स्पेनिस लिगमा पहिलो पटक शीर्ष स्थानको रियाल मड्रिड नजिक पुगेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.