भर्खरै : Sorry, your browser does not support inline SVG.

कुवेतले बिदेशी कामदारलाई रेसिडेन्सी कार्ड दिने

कुवेतले बिदेशी कामदारलाई रेसिडेन्सी कार्ड दिने

दोहा । कुवेतले बिदेशी कामदारलाई रेसिडेन्सी कार्ड दिने भएको छ । कुवेतको आन्तरिक मन्त्रालयले धेरै अध्ययनको आधारमा सिभिल आईडी रद्द गरेर बिदेशी कामदारहरुलाई रेसिडेन्सी कार्ड दिन लागेको हो ।

कुवेत सरकारको नयाँ नीति अनुसार अब कुवेती नागरिकहरुलाई मात्र सिभिल कार्ड दिइनेछ । रेसिडेन्सी मामिलाहरूले कुवेतमा हुने बिदेशी कामदारहरुका लागि विशेष चुम्बकीय कार्ड जारी गर्ने लक्ष्य राखिको छ । जसमा उनीहरुको सबै डाटा समावेश हुनेछ । स्थायी रूपमा कुवेत छोड्ने वा आफ्नो भिसा रद्द गर्नेहरुले सिभिल आईडी कार्डको दुरूपयोग गर्न सक्ने भन्दै नयाँ व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

रेसिडेन्सी मामिलाले जारी गर्ने रेसिडेन्स कार्ड देशका बासिन्दाहरूको उपस्थितिसँग जोडिनेछ । बिदेशीले कुवेत स्थायी रूपमा छोड्दा भने यो तुरुन्त रद्द हुनेछ । यस्तै, कुवेतमा कार्यरत १ लाख ८० हजार आप्रवासी कामदारहरुको भिसा समाप्त भएको छ ।

 


Thali Mobile Pvt.Ltd.