भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कृषकलाई ट्र्याक्टर हस्तान्तरण

कृषकलाई ट्र्याक्टर हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिकाले कृषकहरुलाई अनुदानमा ट्र्याक्टर वितरण गरेको छ । महानगरले कृषिको क्षेत्रमा आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोग पुयाउन ५० प्रतिशत अनुदानमा ट्र्याक्टर उपलब्ध गराएको हो । महानगरले सोमबार छ वटा ट्र्याक्टर र एउटा हाते ट्र्याक्टर किसानलाई वितरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले एक कार्यक्रमका बीच किसानहरुलाई सामग्री हस्तान्तरण गर्नु भएको हो ।

महानगरमा परेका ४३ वटा आवेदनबाट छनोट गरेर १३ वटा फार्मलाई मागअनुसारको उपकरणमा सहयोग गरिएको हो । महानगर प्रमुख दाहालले महानगरपालिले कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण र आधुनिकीकरणमा आफूहरुले जोड दिएको उल्लेख गर्दै दाहालले कृषिमा लागत घटाएर उत्पादन बढाउन निरन्तर खटिएको बताए । महानगरमा पशुपालनमा पनि उच्च सम्भावना रहेकाले यो क्षेत्रमा लाग्ने किसानलाई हौसला प्रदान गर्न दूधमा प्रतिलिटर रु तीन अनुदान दिन थालिएको दाहालको भनाइ थियो ।

कार्यक्रममा महानगर उपप्रमुख ठकुरीले किसानलाई कृषि पेशाबाटै सबल बनाउने उद्देश्यसहित कृषि उपकरण वितरण गरिएको बताए । कृषि प्रधान देशमा किसानहरु निराश बनेको र युवा पलायन हुने स्थिति आएकाले अब युवालाई यही कृषि कर्ममा सरिक बनाउन आफूहरु लागेको उहाँको भनाइ थियो । प्रति ट्र्याक्टर रु १६ लाख ५२ हजार लागत मूल्य रहेको र महानगले रु आठ लाख अनुदान सहयोग गरेको महानगरको कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.