भर्खरै : Sorry, your browser does not support inline SVG.
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग | मेची राजमार्ग पूर्ण अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको आवागमन ठप्प | ड्रागन फ्रुटले बदलेको इङनामको परिचय | कास्कीमा बाढीको ठूलो क्षति : पुल र होटल बग्यो, नयाँपुल-घान्द्रुक सडक तथा पदमार्ग अवरुद्ध | ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौं उपत्यकासहित नदी किनारका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह |

कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालन

कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालन

बाग्मती । कोभिड–१९ सङ्क्रमितको उपचारमा सघाउ पु¥याउने उद्देश्यले वाग्मती प्रदेशको राजधानी हेटौँडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालनमा आएको छ । प्रदेश सरकारको मातहत रहेको हेटौँडास्थित हेटौँडा अस्पतालमा उक्त वार्ड सञ्चालनमा ल्याइएको हो । सङ्क्रमण पुष्टि भएर होम आइसोलेसन बसेका स्वास्थ्यमा गम्भीर समस्या भएका सङ्क्रमितको उपचार गर्नका लागि वार्ड सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उक्त वार्डमा तत्कालका लागि १० शय्या सञ्चालनमा ल्याइएको छ । केही दिनमै थप २० शय्या थप्ने अस्पतालको लक्ष्य छ । ज्वरो धेरै आइरहने र रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा तल पुगेका सङ्क्रमितलाई वार्डमा राखेर उपचार गर्ने अस्पतालको योजना छ । अक्सिजनको मात्रा कम हुने सङ्क्रमितलाई बढी खतरा हुन्छ ।

आइसोलेसन कक्ष पुनः सञ्चालन

हेटौँडा–६ स्थित गौरीटारमा आइसोलेसन कक्ष पुनः सञ्चालनमा ल्याइएको छ । मकवानपुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याइएको हेटौँडा उपमहानगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखाले जनाएको छ । आइसोलेसन कक्षमा हाल १५ शय्या छन् । यद्यपि शय्याको क्षमतालाई बढाउने तयारी भएको छ । सङ्क्रमण पुष्टि भएर घरमा बस्न सक्ने सम्भावना नभएका सङ्क्रमितलाई आइसोलेसन कक्षमा राखिने स्वास्थ्य शाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.