भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालन

कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालन

बाग्मती । कोभिड–१९ सङ्क्रमितको उपचारमा सघाउ पु¥याउने उद्देश्यले वाग्मती प्रदेशको राजधानी हेटौँडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालनमा आएको छ । प्रदेश सरकारको मातहत रहेको हेटौँडास्थित हेटौँडा अस्पतालमा उक्त वार्ड सञ्चालनमा ल्याइएको हो । सङ्क्रमण पुष्टि भएर होम आइसोलेसन बसेका स्वास्थ्यमा गम्भीर समस्या भएका सङ्क्रमितको उपचार गर्नका लागि वार्ड सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उक्त वार्डमा तत्कालका लागि १० शय्या सञ्चालनमा ल्याइएको छ । केही दिनमै थप २० शय्या थप्ने अस्पतालको लक्ष्य छ । ज्वरो धेरै आइरहने र रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा तल पुगेका सङ्क्रमितलाई वार्डमा राखेर उपचार गर्ने अस्पतालको योजना छ । अक्सिजनको मात्रा कम हुने सङ्क्रमितलाई बढी खतरा हुन्छ ।

आइसोलेसन कक्ष पुनः सञ्चालन

हेटौँडा–६ स्थित गौरीटारमा आइसोलेसन कक्ष पुनः सञ्चालनमा ल्याइएको छ । मकवानपुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याइएको हेटौँडा उपमहानगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखाले जनाएको छ । आइसोलेसन कक्षमा हाल १५ शय्या छन् । यद्यपि शय्याको क्षमतालाई बढाउने तयारी भएको छ । सङ्क्रमण पुष्टि भएर घरमा बस्न सक्ने सम्भावना नभएका सङ्क्रमितलाई आइसोलेसन कक्षमा राखिने स्वास्थ्य शाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.