भर्खरै : Sorry, your browser does not support inline SVG.
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग | मेची राजमार्ग पूर्ण अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको आवागमन ठप्प | ड्रागन फ्रुटले बदलेको इङनामको परिचय | कास्कीमा बाढीको ठूलो क्षति : पुल र होटल बग्यो, नयाँपुल-घान्द्रुक सडक तथा पदमार्ग अवरुद्ध | ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौं उपत्यकासहित नदी किनारका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह |

ट्रेन्डिङको दोस्रो स्थानमा ‘मेरो पनि होइन र यो देश ?

ट्रेन्डिङको दोस्रो स्थानमा ‘मेरो पनि होइन र यो देश ?

बाग्लुङ । सार्वजनिक भएको २४ घण्टामा गायक÷सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश रु’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले शनिबार साँझसम्ममा छ लाख ३२ हजार बढी भ्यूज बटुलिसकेको छ । सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गर्नुभएको छ । समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त सपुतको उक्त गीतमा देशप्रतिको गौरव र गुनासो मिश्रण छ ।

“नेपाली सबैले स्वाभिमानपूर्वक बाँच्न पाऔँ, देशभित्रै भएर पनि अनागरिक जस्तो कोही हुन नपरोस् भन्ने सन्देश गीतले दिन्छ”, सपुतले भन्नुभयो, “हरेक नागरिकले आत्मगौरवका साथ र सम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्छ भन्ने नै गीतको केन्द्रीय भावभूमि हो ।” राष्ट्रव्यापी प्रतिभाको खोजी कार्यक्रममा सपुतसहितका कलाकार ‘अनागरिक समूह’ बनाएर प्रतिस्पर्धामा भाग लिएको दृश्य भिडियोको शुरुमा देखापर्छ । ‘अनागरिक समूह’बारे निर्णायकको प्रश्नमा सपुतले दिएको जवाफ मर्मस्पर्शी लाग्छ ।

आफ्नो समूहको प्रस्तुति दिन मञ्चस्थ हुनुभएका सपुत भन्नुहुन्छ, “हामी देशैभरिबाट छौँ, हिमाल, पहाड, तराई सबैतिरबाट, हामी सबै जनाको केही न केही प्रतिभा छ, केही न केही सपना छ, त्यसभन्दा पनि एउटा स्वाभिमानी नेपाली भएर सुखी र सरल जीवन जिउने चाहना छ, तर त्यो चाहना पूरा भएको छैन र पनि देशको बिछट्टै माया लाग्छ, नेपाली हुनुमा गौरव पनि भएको र गुनासो पनि भएको मानिसहरु खोजेर मैले बनाएको हो यो समूह ।”

सपुतले आफँै रचेको गीतमा सङ्गीत पनि उहाँले नै दिनुभएको छ । मूल स्वर सपुतकै रहेको उक्त गीतको समूहगत गायनमा उहाँलाई कलाकार देवेन्द्र बब्लु, सुनिल विकलगायतले सघाएका छन् । “तत्काललाई प्रतिक्रिया राम्रै आएको छ, गीतमाथि विवेचना हुँदै जाला”, सपुतले भन्नुभयो, “गीत हाम्रै सामाजिक मनोदशाको एउटा चित्रण हो ।” उहाँले देशका विभिन्न ठाउँमा पुग्दा कस्तो देशमा जन्मेछु भनेर आफैँलाई धिक्कार्ने, बरु ठूलो÷विकसित देशमा जन्मन पाएको भए पनि हुनेजस्ता गुनासो र कुण्ठामिश्रित कुरा सुन्नुपर्दा दुःख लाग्ने गरेको सुनाउनुभयो ।

अहिले पनि समाजमा दुःख, असमानता र विभेद कायमै रहेकाले त्यसको अन्त्य हुनुपर्ने उहाँ बताउनुहुन्छ । गीतको भिडियोमा हिमाल, पहाड, तराई र सातै प्रदेशका सांस्कृतिक पहिचान झल्काउने सङ्गीत र नृत्यको सम्मिश्रणसमेत देख्न सकिन्छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपुतका यसअघि सार्वजनिक ‘बोलमाया’, ‘गलबन्दी’, ‘फुटेका चुरा’ लगायतका गीतलाईसमेत युट्युबमा सर्वाधिक रुचाइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.