भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कोरोना सङ्क्रमित एक लाख ४९ हजारभन्दा बढी, मृतकको संख्या पाँच लाख नाघ्यो

कोरोना सङ्क्रमित एक लाख ४९ हजारभन्दा बढी, मृतकको संख्या पाँच लाख नाघ्यो

काठमाडाैं । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ४९ हजार ३९४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधिमा थप एक हजार ७२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना शुरु भएदेखि हालसम्म यस रोगबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५ लाख नाघेको सो मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या पाँच लाख ५५ जना पुगेको छ । कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने सब भन्दा धेरै महाराष्ट्र राज्यका नागरिक रहेका जनाइएको छ ।

महाराष्ट्रमा कोरोना सङ्क्रमणको कारण एक लाख ४२ हजार ८५९ व्यक्तिको मृत्यु भएको छ । त्यसपछि केरलामा ५६ हजार ७०१, कर्नाटकामा ३९ हजार १९७ , तमिल नाडूमा ३७ हजार ६६६, दिल्लीमा २५ हजार ९३२ र उत्तर प्रदेशमा २३ हजार २७७ जनाको कोरोनाको कारण ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएको छ ।

हाल भारतमा कोभिड¬–१९ कूल सङ्क्रमितको संख्या चार करोड १९ लाख ५२ हजार ७१२ जना पुगेको जनाइएको छ । ती मध्ये हाल सक्रिय सङ्क्रमितको संख्या १४ लाख ३५ हजार ५६९ रहेका छन् । कूल सङ्क्रमितको ३।४२ प्रतिशत सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।

गएको २४ घण्टामा भारतमा दुई लाख ४६ हजार ६७४ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म चार करोड १७ हजार ८८ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५।३९ प्रतिशत रहेको जनाइएको छ ।

कोरोना सुरु भएदेखि हालसम्म यहाँ ७३ करोड ५८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ६८ करोड ४७ लाखभन्दा बढी डोज खोप लगाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.