जीप दुर्घटनामा ८ जनाको मृत्यु

जीप दुर्घटनामा ८ जनाको मृत्यु

दाङ । प्युठानमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भउको छ । प्युठानबाट बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु  हुनुका साथै ५ जना गम्भीर घाइते भएका हुन । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनउको छ ।

ग १ ज ५०९२ नम्बरको दुर्घटनामा परेको जीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ। नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जीप ओखरपाटामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.