भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

कौसी खेती गर्ने पुरस्कृत

कौसी खेती गर्ने पुरस्कृत

ललितपुर ।  वाग्मती प्रदेशभित्र कौसी खेती गरेका महिला पुरस्कृत भएका छन् । वाग्मती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकार्य तथा हलोखबर डटकमको आयोजनामा भएको ‘कौसी क्वीन–२०७७ पुरस्कार वितरण कार्यक्रम’ मा सो खेती गर्ने सात महिला पुरस्कृत भएका हुन् । विगत १५ वर्ष अघिदेखि घरमै तरकारी तथा फलफूल उत्पादन गर्दै आइरहनुभएकी स्वयम्भू निवासी भगवती श्रेष्ठले रु ५५ हजार ३५० बराबरको सो खेतीका लागि आवश्यक सामग्री पुरस्कारस्वरुप पाउनुभयो ।

भान्छाबाट निस्कने फोहर प्रयोग गरेर विभिन्न प्रकारको तरकारी उत्पादन गर्दै आइरहेको भगवतीको भनाइ थियो । “घरको कौसीमा तरकारी उत्पादन गर्दा सम्मान पाउछु भन्ने सोचेको थिइन”, उहाँले भन्नुभयो । यसैगरी सात वर्षदेखि कौसीमा तरकारी उत्पादन गर्दै आएनुभएकी ग्वार्को वडा नं १ सुगमटोल निवासी कोपिला खनाल पनि रु १६ हजार ८५० बराबरको सो खेतीका लागि आवश्यक सामग्रीबाट पुरस्कृत हुनुभयो । पसल गएर दैनिक तरकारी किन्नुभन्दा छतमा उक्लेर तरकारी टिप्नु उचित महसुस गरेर सो उत्पादनलाई बढावा दिँदै आइरहेको कोपिलाले सुनाउनुभयो । एकवर्षदेखि सो खेतीलाई बढावा दिँदै आइरहनुभएकी गोठाटार निवासी पवित्रा भण्डारीसमेत रु २५ हजार ३५० बराबरको सो खेतीका लागि चाहिने सामानबाट पुरस्कृत हुनुभयो । आफूले उत्पादन गरेका तरकारी समयमै खाइनसकेर केही दिनअघि छिमेक तथा साथीभाइलाई निःशुल्क वितरण गरिएको पवित्राले बताउनुभयो ।

कार्यक्रममा वाग्मती प्रदेश, सहकारीमन्त्री दावादोर्जे लामाले कौसी खेतीले जैविक उत्पादनमा जोड पु¥याउनाका साथै स्वस्थ्य जीवनयापन गर्न पनि सहयोग गर्ने चर्चा गर्नुभयो । सो मन्त्रालयका सचिव डा मतिना वैद्यले गत वर्ष प्रदेश सरकारले उक्त खेती प्रवद्र्धनका लागि काठमाडौँका ८२५ र चितवनका सय घरलाई ५० प्रतिशत अनुदानमा आवश्यक सामग्री प्रदान गरेको बताउँदै कृषि पेशा मानिसको जीवनको मूल उद्देश्यसमेत रहेको औँल्याउनुभयो । हलोखबर डटकमका सम्पादक मनोज श्रेष्ठले वाग्मतीका १२० कौसी किसानमध्ये उत्कृष्ट सातलाई सम्मान गरिएको बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.