भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

क्वारेन्टिन र आइसोलेशन सञ्चालनमा ल्याउन आग्रह

क्वारेन्टिन र आइसोलेशन सञ्चालनमा ल्याउन आग्रह

मकवानपुर । कोरोना भाइरस– १९ सङ्क्रमणको जोखिम बढेपछि आज सर्वपक्षीय बैठक बसेर स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्बन र त्यसलाई पालना गर्ने गराउने निर्णय भएको छ । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिको सहभागितामा बसेको बैठकले गत वर्ष सञ्चालित क्वारेन्टिन, आइसोलेशन पुनःव्यवस्थापन गरी तत्कालै सञ्चालनमा ल्याउन स्थानीय तहलाई आग्रह गरिएको छ ।

बैठकमा एम्बुलेन्स र शवबाहनमा परेको समस्याका सम्बन्धमा कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत समाधानका लागि पहल गर्ने निर्णय गरिएको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो । राजनीतिक दल, सामाजिक सङ्घसंस्था सबैले आम नागरिकको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न÷गराउन अआफ्नो स्थानबाट प्रचारप्रसार गरी जनचेतना फैलाउने निर्णय गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.