क्षयरोगको परीक्षण अब कालीकोटमै

क्षयरोगको परीक्षण अब कालीकोटमै

मान्म, । क्षयरोगको परीक्षण अब कालीकोट जिल्लामै हुने भएको छ । जिल्ला अस्पतालमा क्षयरोग पत्ता लगाउने उपकरण जिने एक्स–पोर्ट जडान गरेर परीक्षण गर्न लागिएको हो । शङ्कास्पद अवस्थाका क्षयरोगीको सुक्ष्मदर्शक यन्त्रबाट सामान्य परीक्षण गर्ने गरिएकामा अब आधुनिक उपकरणबाट परीक्षण गर्न लागिएको र यसबाट जिल्लावासीलाई ठूलो राहत मिल्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

यस उपकरणको नियमित सञ्चालन र भरपर्दो सेवा दिन आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “भरपर्दो उपकरणले क्षरोगीको परीक्षण गर्न अब जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।” अस्पताल प्रमुख डा रत्नवीर सुनारले विगतमा सामान्य विधिबाट क्षरोगीको परीक्षण गरिएकामा अब विश्वासिलो तरवरमा परीक्षण गर्न पाउनु गौरवको विषय भएको बताए। यो सेवा कर्णाली प्रदेशका दश जिल्लामध्ये कालीकोटसहित पाँच जिल्लामा सञ्चालन भएको छ ।

क्षरोगीको सङ्ख्यामा कमी आए पनि यसको प्रभावकारी परीक्षण नहुँदा सङ्ख्या कम भएको देखिए पनि अब यस उपकरणबाट परीक्षण गर्दा क्षरोगी वृद्धि हुनसक्ने अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.