धादिङ । भारतबाट विभिन्न कम्पनीहरुमा ढुवानी हुने खाना पकाउने एलपी ग्याँस बाटोमा नै चोरी गरेर बेच्ने गिरोह पक्राउ परेको छ । बाटोमा नै चोरी गर्ने तथ्य सार्वजनिक भएपछि प्रहरीले छापा मारेको थियो ।
सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित एक पसलमा ग्याँस बोकेको बुलेट रोकेर घरेलु उपकरण प्रयोग गरी सिलिन्डरमा भरिरहेका तीन जनालाई पक्राउ गरेको हो ।
ग्याँस चोरी गरेर बेच्ने कार्यमा संलग्न व्यापारी ४३ वर्षीय भरत कार्की, चालकहरु सुनुकुमार र विपिन कुमार रहेका छन् । प्रहरीले भारतबाट आएका दुईवटा एन.एल ०११० १३१ र युपी ७० बीटी ९९९६ नम्बरको ग्यास बुलेट नियन्त्रणमा लिएको छ ।
