भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

खुला मञ्च स्तरोन्नति अलपत्र

खुला मञ्च स्तरोन्नति अलपत्र

म्याग्दी । बेनीको खुल्ला मञ्च विस्तार र स्तरोन्नति गर्ने योजना अलपत्र परेको छ । बजेटले निरन्तरता नपाएपछि अलपत्र परेको हो । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो ।

जिल्ला खेलकूद विकास समिति र बेनी नगरपालिकाले ‘मिनी स्टेडियम’ बनाउन शुरु गरेको योजना चालु आर्थिक वर्षमा बजेटविहीन भएको छ । प्याराफिट बनाउन र मैदान विस्तार गर्न शुरु गरेका काम अधुरा छन् । खेलमैदानको अभावमा बेनीमा केही समययता खेलकूद गतिविधि ठप्प भएको स्थानीय युवा सतिश श्रेष्ठले बताए ।

फुटबल, क्रिकेट र एथलेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुल्ला मञ्च हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षअघि जिसस म्याग्दीको सभाहल उद्घाटन गर्ने क्रममा बेनीको खुल्ला मञ्चलाई ‘मिनी स्टेडियम’ बनाउने घोषणा गरेका थिए ।नगरपालिका, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिले घोषणा दोहोराउँदै आएका छन् ।

त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ । लीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउन लागिएको हो । दायाँ र बायाँ ९०÷९० मिटर लामा सात हजार जना क्षमताको दुई प्यारापिट बनाउन शुरु गरेको थियो । दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ ।

 


Thali Mobile Pvt.Ltd.