भर्खरै : Sorry, your browser does not support inline SVG.
पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना | पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह |

गण्डकीमा १३९ सङ्क्रमित थपिए, आठको मृत्यु

गण्डकीमा १३९ सङ्क्रमित थपिए, आठको मृत्यु

गण्डकी ।  गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १३९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका वडा नं ५ का ६६ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका वडा नं ४ का ५१ वर्षीय पुरुष छन् । कास्कीको पोखरा महानगरपालिका, वडा नं ८ का ५४ वर्षीय, वडा नं ९ का ६८ वर्षीय, वडा नं १३ का ५५ वर्षीय, वडा नं १७ का २९ वर्षीय, वडा नं २१ का ७५ वर्षीय र वडा नं २७ का ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कोराना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १३९ पुगेको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या १० हजार ८२७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्मले जानकारी दिनुभयो । प्रदेशमा हालसम्म छ हजार ७४ निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६१४ पुगेको निर्देशनालयले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.