भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

गण्डकी प्रदेशस्तरीय क्रिकेट : कास्कीद्वारा तनहुँ पराजित

गण्डकी प्रदेशस्तरीय क्रिकेट : कास्कीद्वारा तनहुँ पराजित

गण्डकी । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा कास्की विजयी भएको छ । कास्कीले तनहुँलाई ३१ रनले पराजित गर्दै लिग तालीकामा थप दुई अङ्क जोड्न सफल भयो । गण्डकी प्रदेश क्रिकेट सङ्घद्वारा गत पुस ३ गतेदेखि आयोजना गरिएको एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत जितका लागि १५५ रनको सामान्य लक्ष्य पछ्याएको तनहुँका ब्याट्म्यान कास्कीका दिपेश खत्रीको धारिलो बलिङ सामु टिक्न सकेनन् ।

खत्रीले १० ओभर बलिङमा पाँच मेडनसहित मात्र नौ रन खर्चिएर चार विकेट लिन सफल हुनुभएको थियो । जवाफी ब्याटिङमा उत्रिएको तनहुँले १२३ रनमात्र बनायो । टस जितेर मैदान उत्रिएको कास्कीले ४७ ओभरको पाँचौँ बलमा सम्पूर्ण विकेट गुमाउँदै १५४ रन बनाएको थियो । कास्कीका अर्जुन कुमालले ४३, अभिषेक थापाले ३५ तथा अमृत गुरुङले २० रनको योगदान दिनुभएको थियो । तनहुँका समिर कँडेलले सर्वाधिक ४१ रन बनाउनुभयो । कास्कीको बलिङमा सुवास भण्डारीले तीन विकेट लिनुभएको थियो ।

तनुहँको बलिङमा दिनेशजङ्ग बुढामगरले तीन, राजु गुरुङले दुई तथा प्रवेश खड्का, करुण सिरमला र सचिन अधिकारीले समान एक÷एक विकेट लिनुभयो । खेलमा कास्कीका दिपेश खत्री ‘म्यान अफ द म्याच’ घोषित हुनुभएकामा उहाँलाई नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले ट्रफी प्रदान गर्नुभयो । गण्डकी प्रदेश क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेशको टोली छनोट गर्न प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताअन्तर्गत बुधबार कास्की र नवलपुरकाबीचमा खेल हुने आयोजकले जनाएको छ ।गण्डकी प्रदेशस्तरीय क्रिकेट : कास्कीद्वारा तनहुँ पराजित पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा कास्की विजयी भएको छ । कास्कीले तनहुँलाई ३१ रनले पराजित गर्दै लिग तालीकामा थप दुई अङ्क जोड्न सफल भयो । गण्डकी प्रदेश क्रिकेट सङ्घद्वारा गत पुस ३ गतेदेखि आयोजना गरिएको एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत जितका लागि १५५ रनको सामान्य लक्ष्य पछ्याएको तनहुँका ब्याट्म्यान कास्कीका दिपेश खत्रीको धारिलो बलिङ सामु टिक्न सकेनन् ।

खत्रीले १० ओभर बलिङमा पाँच मेडनसहित मात्र नौ रन खर्चिएर चार विकेट लिन सफल हुनुभएको थियो । जवाफी ब्याटिङमा उत्रिएको तनहुँले १२३ रनमात्र बनायो । टस जितेर मैदान उत्रिएको कास्कीले ४७ ओभरको पाँचौँ बलमा सम्पूर्ण विकेट गुमाउँदै १५४ रन बनाएको थियो । कास्कीका अर्जुन कुमालले ४३, अभिषेक थापाले ३५ तथा अमृत गुरुङले २० रनको योगदान दिनुभएको थियो । तनहुँका समिर कँडेलले सर्वाधिक ४१ रन बनाउनुभयो । कास्कीको बलिङमा सुवास भण्डारीले तीन विकेट लिनुभएको थियो ।

तनुहँको बलिङमा दिनेशजङ्ग बुढामगरले तीन, राजु गुरुङले दुई तथा प्रवेश खड्का, करुण सिरमला र सचिन अधिकारीले समान एक÷एक विकेट लिनुभयो । खेलमा कास्कीका दिपेश खत्री ‘म्यान अफ द म्याच’ घोषित हुनुभएकामा उहाँलाई नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले ट्रफी प्रदान गर्नुभयो । गण्डकी प्रदेश क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेशको टोली छनोट गर्न प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताअन्तर्गत बुधबार कास्की र नवलपुरकाबीचमा खेल हुने आयोजकले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.