भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

गुरुकुलका विद्यार्थीलाई अवलोकन भ्रमण गराइने

गुरुकुलका विद्यार्थीलाई अवलोकन भ्रमण गराइने

गण्डकी । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र पुतलीबजार नगरपालिकाको सहकार्यमा गुरुकुलका विद्यार्थीलाई अवलोकन भ्रमण गराइने भएको छ । धार्मिक एवं सांस्कृतिक महत्वकास्थललाई पर्यटनसँग जोड्ने ध्येयले पुतलीबजार नगरपालिकास्थित पाणिनी गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीसम्मको अवलोकन भ्रमण गराउँन लागिएको हो । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारीले धार्मिक एवं सांस्कृतिकस्थलको पर्यटकीय चिनारीका लागि भ्रमण गराउन लागिएको जानकारी दिनुभयो । उहाँले गुरुकुलमा अध्ययनरत विद्यार्थी भविष्यमा राम्रो पथप्रदर्शक हुनसक्ने बताउनुभयो ।

यही फागुन २२ गते शनिबारदेखि शुरु हुने चार दिवसीय अवलोकन भ्रमण स्वर्गद्वारीसम्म पुगेर सम्पन्न हुने छ । “नेपालमा धेरै धार्मिक एवं सांस्कृतिक महत्वकास्थल छन्, ती स्थानमा पुग्ने जोकोही पर्यटकलाई त्यहाँको पौराणिक, धार्मिक, सांस्कृतिक आदि पक्षबारे स्पष्ट रुपमा जानकारी दिने पथप्रदर्शकको खाँचो छ”, उहाँले भन्नुभयो, “गुरुकुलका विद्यार्थीलाई लक्षित गरी गर्न लागिएको अवलोकन भ्रमणले धार्मिक तथा सांस्कृतिस्थलमा आवश्यकपर्ने पथप्रदर्शक तयार गर्ने दीर्घकालीन लक्ष्यमा सहयोग पुग्ने विश्वास लिएका छौं ।रासस

 


Thali Mobile Pvt.Ltd.