भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

गुल्मीमा ट्रकको ठक्करबाट दुईको मृत्यु

गुल्मीमा ट्रकको ठक्करबाट दुईको मृत्यु

गुल्मी ।  गुल्मीमा ट्रकको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–१३ का २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजालीको सो दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आउँदै गरेको ना५ख ३२०४ नंको ट्रकले रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत मसिनेखोलामा उनीहरुलाई ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्रक र चालक गोपाल टण्डनलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.