भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

प्रदेश उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा बोगटी विजयी

प्रदेश उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा बोगटी विजयी

डोटी । नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा शङ्कर बोगटी विजयी हुनुभएको छ । शनिबार डोटीको दिपायलस्थित सेती प्रादेशिक प्राविधिक शिक्षालयमा महासङ्घको चौथो वार्षिक साधारणसभामा बोगटी सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपाध्यक्षमा कैलाली टीकापुरका रामबहादुर भण्डारी पनि सर्वसम्मत चयन हुनुभएको छ । एशोसिएट उपाध्यक्षमा कैलालीकै अनिलकुमार भुजनिया र कोषाध्यक्षमा बझाङका दानकुमार शर्मेली विजयी हुनुभएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.