घराम्दीमा स्वास्थ्य एकाइ

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को घराम्दीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ ।अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले एकाइ सञ्चालन गरेको हो । अन्नपूर्ण गाउँपालिका–७ को वडास्तरको स्वास्थ्यचौकी औला गाउँमा छ । घराम्दीको छिमेकी टिकटमा रहेको स्वास्थ्य एकाइमा पुग्न एक घण्टा ३० मिनेटभन्दा बढी पैदलयात्रा गर्नुपर्छ ।वडास्तरको स्वास्थ्यचौकी र छिमेकी गाउँको एकाइमा पुगेर सेवा लिन अपायक हुँदा समस्या भोग्दै आएका घराम्दीका बासिन्दालाई लक्षित गरेर स्थापना गरिएको एकाइबाट सोमबारदेखि सेवा सञ्चालन गरिएको वडाध्यक्ष माइलन पुर्जा पुनले जानकारी दिनुभयो ।

“सामान्य बिरामी हुँदा पनि घण्टाँै हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने समस्याको अन्त्य गर्न घराम्दीमा एकाइ सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “एक जना अहेवले गाउँमै बसेर सेवा दिने व्यवस्था मिलाएका छौँ ।”एकाइमा स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण, खोपलगायत स्वास्थ्यचौकीबाट प्रवाह हुने अधिकांश सुविधा उपलब्ध हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताउनुभयो । करिब ७० घरधुरीको बसोबास रहेको घराम्दीमा तीन सय ५० जनसङ्ख्याको बसोबास छ ।

छरिएको भूगोल भएको अन्नपूर्ण गाउँपालिकाको वडा नं ७ को घराम्दी दोस्रो ठूलो बस्ती हो । घराम्दीका बासिन्दा तीर्थ फगामीले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएपछि ज्येष्ठ नागरिक र बालबालिकालाई धेरै राहत मिलेको बताउनुभयो ।अन्नपूर्ण गाउँपालिकाको पाउद्धार, खिवाङ, घोडेपानी, टिकोटमा यसअघि नै सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको थियो । भौगोलिकरूपमा विकट र दुर्गमका साथै वडास्तरको स्वास्थ्य संस्थामा पुग्न घण्टौँ लाग्ने बस्तीका बासिन्दालाई सामुदायिक स्वास्थ्य एकाइबाट सेवा लिन सहज भएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • बैंकर पक्राउमा कस कसको आपत्ति ? image

    बैंकर पक्राउमा कस कसको आपत्ति ?

    काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा भएका बेथिति छानबिन गर्न आरोपित कर्मचारीलाई प्रहरीले पक्राउ गरेको विषयलाई बैंकसम्बन्धी चार संस्थाले विरोध गर्दै चेतावनी दिएका छन् । नेपाल प्रहरीले केही...

  • नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने image

    नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने

    भरतपुर । पुल बनाउनका लागि तुइन खोलामा पहाड काट्न सुरु भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ(मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । पहाड काट्ने काम...

  • गोठमै मितेरी साइनो image

    गोठमै मितेरी साइनो

    म्याग्दी । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडेका छन् । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न...

  • एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री image

    एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

    स्याङ्जा । स्याङ्जाको भिर कोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बल माटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट...


hotelghyampedanda