भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

घरेलुमा पर्यटन शाखा रहने

घरेलुमा पर्यटन शाखा रहने

बागलुङ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन शाखा एकाइ रहने भएको छ ।बागलुङ पर्यटन विकास समितिका पदाधिकारीसँगको छलफलमा प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले सो को जानकारी दिनुभएको हो । उहाँले मन्त्रालयले सङ्गठन तथा कर्मचारी व्यवस्थापन ओएनएम स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको बताउनुभयो ।

“आउँदो आर्थिक वर्षदेखि यो कार्यान्वयनमा जान्छ, अब पर्यटनको काम जिल्लाबाटै हुन्छ”, उहाँले भन्नुभयो, “अधिकृत तहका कर्मचारी, इन्जिनियरलगायतको दरबन्दी शाखामा रहन्छ ।” त्यहीँबाट पर्यटन पूर्वाधारका योजनादेखि प्रवद्र्धनका काम सञ्चालन हुने मन्त्री कँडेलले बताउनुभयो ।यसअघि पर्यटन सम्बद्ध सङ्घसंस्थाले जिल्लामा अलग्गै पर्यटन कार्यालय खोल्न माग गर्दै आएका थिए ।

उहाँले छुट्टै कार्यालय आवश्यक नदेखिएकाले घरेलुमार्फत सेवा प्रवाह हुने गरी शाखा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो ।जिल्लामा पर्यटन क्षेत्र हेर्ने सरकारी निकाय÷संयन्त्र नहुँदा स–साना कामका लागि पनि प्रदेश राजधानी जानुपर्ने बाध्यता छ । पोखराबाट पर्यटन कार्यालय, पर्यटन बोर्डलगायतले सेवा दिइरहेका छन् ।

पर्यटनमा राज्यको लगानी बढेको र समृद्धिको आधार क्षेत्रका रुपमा पनि लिइए पनि सोही अनुसार सरकारी संरचना खडा हुन सकेको छैन ।यसका कारण विकास योजनाका काम प्रभावित बन्ने गरेका छन् । पर्यटनका सेवामा सबैको पहुँच छैन । मन्त्री कँडेलले सर्वसाधारणको हित हेरेर मन्त्रालयले प्रदेशका दुई ठाउँमा कम्पनी रजिष्ट्रारको कार्यालय पनि ल्याउन लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार छिट्टै कास्की र बागलुङमा त्यो कार्यालय सञ्चालनमा आउनेछ ।उहाँले विस्तारै चलायमान हुँदै गएको पर्यटन क्षेत्रमा कोरोनाको नयाँ भेरियन्टले पुनः त्रास थपेको हुँदा पर्यटन क्षेत्रको पुनःउत्थानका लागि सरकारले राहत र अनुदान सुविधा दिएको बताउनुभयो । “होटल व्यवसायीलाई बिनाब्याज तीन वर्षलाई रु १५ लाख ऋण दिइरहेका छौँ, तर सोच जसरी व्यवसायीले त्यो सुविधा लिन सक्नुभएको छैन”, उहाँले भन्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.