भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बेसहारा बालबालिकाको अभिभावक बन्दै नेता चौधरी

बेसहारा बालबालिकाको अभिभावक बन्दै नेता चौधरी

काठमाण्ठौँ । प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले बेसहारा चार बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा बुबाआमाको मृत्युपछि बेसहारा बनेका दाङ घोराही –१९ सैघा– तिर्साङ निवासी बालबालिकाको घरमै पुगेर उनीहरुको शिक्षालगायत लालनपालनको व्यवस्था गर्ने गरी जिम्मा लिनुभएकोे सांसद चौधरीकोे सचिवालयले जनाएको छ ।

उनीहरुको शिक्षा र आवासको व्यवस्थापन प्रक्रिया सुरु भएको र आफ्नो पार्टी पनि गरिब दुःखीको पक्षमा क्रियाशील रहेकाले देशभरका बेसहारा, दुखी र गरिब वर्गको व्यवस्थापनमा आफूहरू लागेको उहाँले बताउनुभएको जनाइएको थियो ।पार्टीको पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्षसमेत रहनुभएका चौधरीले आगामी दिनमा देशका अन्य बेसाहारा बालबालिका तथा गरिब वर्गको पक्षमा काम गर्नुहुने पनि बताइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.