भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

घर परिवारको सूचिकरण र सामाजिक तथा आर्थिक पक्षको विवरण लिइने

घर परिवारको सूचिकरण र सामाजिक तथा आर्थिक पक्षको विवरण लिइने

काठमाडौं । १२ औं राष्ट्रिय जनगणना बुधबारदेखि शुरु हुने भएको छ ।जनगणनको पहिलो चरण अन्तर्गत बुधबार घर तथा परिवार सुचिकरण शुरु गरिने भएको हो । गत बैशाखदेखि शुरु गर्ने तयारी गरिएको जनगणना कोभिडका कारणपछि धकेलिएको थियो । व्यक्ति घरको प्रकार, घरको संख्या, तला र घर प्रयोजन पनि खुलाइने छ भने पशुपंक्षीको विवरण पनि उतारिने छ ।

यसैगरी सरकारी अनुदानमा बनेका घर, सामुदायिक भवन, त्यसको प्रयोजन, सरकारी कार्यालय भवन, ब्याबसायिक तथा प्राविधिक शिक्षा तालिम, मन्दिर, बित्तीय संस्था, उद्योग, कलकारखानाको समेत बिवरण लिइनेछ । सुचीकरण असोज १८ गते भित्र सकिने बिभागले जनाएको छ । निर्धारित तालिका अनुसार मूल जनगणना भने कात्तिक २७ देखि मंसिर ९ सम्म हुनेछ ।

यतिखेर ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मुल प्रश्नावली सोध्ने छन् भने सुपरिवेक्षकले प्रत्येक वडा कार्यालयमा गई सामूदायिक प्रश्नावली गर्नेछन् । जसका लागि केन्द्रिय तथ्यांक बिभागले ८ हजार ५ सय सुपरिवेक्षक खटाएको छ । सुचीकरणमा घरा सदस्यहरुको बिवरण लिइने छ । ७७ वटै जिल्लमा एकसाथ घर तथा घरपरिवारको सुचिकरण गरिने छ । विवरणमा घरपरिवारको बैंक खाता, ऋणमा पहुँच, ब्याबसायिक तालिमलगायतका विषय पनि समावेश गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.