भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता

घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता

दाङ । घोराही उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमराज शर्माले सुरुआती अग्रता लिनुभएको छ ।घोराहीमा ३१७ मतगणना हुँदा शर्माले १७२ मत प्राप्त गर्नुभएको छ । नेकपा एमाले बाट प्रमुख पदमा उम्मेदवार नरुलाला चौधरीले १४५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका भुपबहादुर डाँगीले १८० मत र नेकपाएमालेका उम्मेदवार हुमा डिसीले १४० मत प्राप्त गर्नुभएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिकामा वडा नं १४, १८ र १९ को मतगणना भइरहेको छ ।घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात् ६७।७६ प्रतिशत मत खसेको थियो ।

 


Thali Mobile Pvt.Ltd.