भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

मकवानपुरमा मतगणना सुरु

मकवानपुरमा मतगणना सुरु

हेटौँडा । स्थानीय निर्वाचन, २०७९ अन्तर्गत मकवानपुर जिल्लामा सम्पन्न निर्वाचनको मतगणना कार्य सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरको अनुसार स्थानीय तह निर्वाचनको १० वटै पालिकाको मतगणना सुरु भएको हो ।जिल्लाको १० वटै तहमा शान्तिपूर्णरुपमा सम्पन्न भएको निर्वाचनमा मकवानपुरमा ७१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ । हिजो सम्पन्न निर्वाचनको मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा गए राति नै सुरक्षासाथ आइपुगेको थियो ।बागमती प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरपालिकाको १९ वटा वडाको मतगणनाका लागि चार वटा कोठा तयार पारिएको अधिकृत श्रेष्ठले जनाउनुभयो । १, २, १८, १९ नम्बर वडाको एकसाथ सुरु गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत डिल्ली श्रेष्ठले बताउनुभयो । मतगणनाको प्रारम्भिक चरणमा हेटौँडामा नेकपा एमाले अग्रता रहेको छ ।

मकवानपुर जिल्लामा मतगणना भएका धेरैजसो स्थानीय तहमा गठबन्धनका उम्मेदवार अगाडि छन् । पहिलो सुरुआती चरणको मतगणनामा एमालेका उमेदवारलाई पछि पार्दै गठबन्धनका उम्मेदवार अगाडि छन् तर, हेटौँडा उपमहानगरपालिकामा भने गठबन्धनका उम्मेदवारलाई पछाडि पार्दै एमालेका उम्मेदवार झिनो मतले अगाडि देखिएका छन् । मकवानपुरको थाहा नगरपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिकालगायतका क्षेत्रमा सुरुआती मतगणनामा गठबन्धन अगाडि देखिएको छ ।मकवानपुरका १० वटा पालिकामा करिब ७१ प्रतिशत मत खसेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभएको छ । मकवानपुरका १० वटै पालिकामा खसेको मतको विवरणअनुसार करिब ७१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठको भनाइ छ । हेटौँडमा भने ६५ प्रतिशतमात्र मत खसेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.