भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह | पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन | जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु |

चलचित्र बगान: एकल महिलाले निःशुल्क हेर्न पाउने

चलचित्र बगान: एकल महिलाले निःशुल्क हेर्न पाउने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बगान’ एकल महिलाले निःशुल्क हेर्न पाउने भएका छन् । असार २९ गतेबाट प्रदर्शनमा आउने सो चलचित्र एकल महिलालाई निःशुल्क देखाउने निर्देशक सरोज खनालले बताए ।

बुधबार चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक खनालले सिनेमाको कथावस्तु एकल महिलामा आधारित भएकाले उनीहरूको सम्मानमा निःशुल्क देखाउने निर्णय गरिएको बताए ।

चलचित्रमा करिष्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह र मिथिला शर्मालगायत कलाकारको बेजोड अभिनय रहेको छ । सरोज खनालको लेखन तथा निर्देशन रहेको ‘बगान’ले एकल महिलाको संघर्षको कथालाई उतारेको छ । सरोज खनालको डेब्यु निर्देशन ‘बगान’ असार २९ गते रिलिज हुँदैछ ।

 


Thali Mobile Pvt.Ltd.