भर्खरै : Sorry, your browser does not support inline SVG.

चाडपर्वको संरक्षणबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान : मुख्यमन्त्री गुरुङ

चाडपर्वको संरक्षणबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेश । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीहरूको महान पर्व विजयादशमी–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले दशैँ पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक, आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्याउने विश्वास लिनुभएको छ ।

परम्परागतरूपमा हर्षोल्लासपूर्वक मनाइने यस्ता चाडपर्वहरूबाट भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेका मुख्यमन्त्रीले उल्लेख गर्नुभएको छ ।
शुभकामना सन्देशमा उहाँले चाडपर्वको संरक्षण एवं सम्वद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

विश्वव्यापी महामारी कोभिड–१९ का कारण यसपालिको दशैँ एउटै घरमा बस्ने व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने तथा भेटघाट गर्नैपर्ने भएमा भौतिक दूरी अनिवार्य कायम गर्न उहाँले आग्रह गर्नुभएको छ । मास्क प्रयोग गर्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने लगायत कोभिड–१९ का सन्दर्भमा नेपाल सरकारले जारी गरेको चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी दशैँ मनाउनसमेत मुख्यमन्त्रीले सबैमा अपिल गर्नुभएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.