काठमाडौं । सुन्दरता र कलाले भरिपूर्ण भनेर सधै चर्चामा रहने अभिनेत्री नम्रता श्रेष्ठ आफ्नो व्यक्तिगल जीवनका कुराले पनि चर्चामा छाएकी छिन् । हुन त कलाकारको जीवन आम मानिसको जति सहज छैन् ।
जीवनमा घट्ने स–साना घटनाले पनि उनीहरु पव्लिक समक्ष पुग्छन् र अनेकन टिकाटिप्पणी हुन थाल्दछन् । हो यतिबेला सामाजिक सञ्जालमा उसैगरी छाएकी छन् अभिनेत्री नम्रता श्रेष्ठ ।
यसपटक उनी छाउनुको कारण हो उनको चार वर्ष लामो प्रेम सम्बन्धमा पूर्णविराम लाग्नु । पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँग उनी चार वर्षदेखि प्रेम सम्बन्ध रहेकी थिइन् ।
तर उक्त प्रेम सम्बन्ध औपचारिक रुपमा टुङ्गिएपछि झन चर्चामा छाएकी छन् । नम्रताकोतर्फबाट कुनै तथ्य नखुलेपनि दावाले भने नयाँ प्रेमिका रिया श्रेष्ठलाई ‘माइ लाइफ’ भन्दै इन्स्टाग्राममा तस्बिर सार्वजनिक गरेका छन् ।
यसअघि पनि ब्रेकअपका किस्सा आइरहने अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला फेरि सिंगल बन्नुले चिन्तामा छन् ।
