भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चार स्थानीय तहको मुख्य दुवै पदमा पुरुष उम्मेदवार

चार स्थानीय तहको मुख्य दुवै पदमा पुरुष उम्मेदवार

त्रिशूली । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलबीच भएको गठबन्धनका कारण नेतृत्वमा महिला उम्मेदवार पुग्न बञ्चित भएका छन् । नुवाकोटका बाह्र स्थानीय तहमध्ये चार स्थानीय तहको प्रमुख तथा उपप्रमुख एवं अध्यक्ष तथा उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार निर्वाचित भए ।जिल्लाको बेलकोटगढी नगरपालिकासहित तारकेश्वर, किस्पाङ र शिवपुरी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार विजयी भएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार राजनीतिक दलले उम्मेदवारी दर्ता गर्दा कानूनअनुसार प्रमुख दुई पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिएको र उक्त पदमा पुरुष नै उम्मेदवार उठाएको देखिन्छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच भएको तालमेलअनुसार जिल्लाको बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा प्रमुख दुई पदमा भागबण्डाका आधारमा पुरुष उम्मेदवार मात्रै उठाएका र उनीहरु नै निर्वाचित भएका थिए । बेलकोटगढीको प्रमुखमा माओवादी केन्द्रका जगतबहादुर गुरुङ र उप्रमुखमा नेपाली कांग्रेसका शिवप्रसाद दाहाल निर्वाचित हुनुभयो । तारकेश्वरको अध्यक्षमा कांग्रेसका शिवप्रसाद अधिकारी र उपाध्यक्षमा माओवादी केन्द्रका हरिप्रसाद रिमाल निर्वाचित हुनुभयो ।माओवादी केन्द्र र नेकपा एमालेबीच भएको गठबन्धन अनुसार किस्पाङको अध्यक्षमा नेकपा एमालेका वीरबल तामाङ र उपाध्यक्षमा माओवादी केन्द्रका अजुर्नप्रसाद न्यौपाने निर्वाचित हुनुभयो ।

यी तीनवटै पालिकामा तालेमेल गरेर राजनीतिक दलहरुले पुरुष उम्मेदवार मात्रै उठाएका थिए । जिल्लाको शिवपुरी गाउँपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच भएको गठबन्धनअनुसार उपाध्यक्ष पदमा माओवादी केन्द्रका वीरबहादुर तामाङ निर्वाचित हुनुभयो । अध्यक्षमा नेपाली कांग्रेसका गोविन्दप्रसाद थपलिया निर्वाचित हुँदा कांग्रेसको महिला उम्मेदवार इन्दिरा खड्कालाई पराजित गर्दै नेकपा एकीकृत समाजवादी को सहयोगले माओवादी केन्द्रका पुरुष उम्मेदवार वीरबहादुर तामाङ निर्वाचित हुनुभयो ।

वडाध्यक्षमा दुई महिला निर्वाचित

जिल्लाका ८८ वडामध्ये दुई वडामा महिला उम्मेदवार निर्वाचित भएका छन् । बेलकोटगढी नगरपालिका–३ मा माओवादी केन्द्रकी कौशिला पुडासैनी निर्वाचित हुनुभएको हो । यसअघि सोही वडाको वडासदस्यमा निर्वाचत उहाँले यस पटकको निर्वाचनमा वडाध्यक्षमा मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा एमालेका पुरुष उम्मेदवारलाई पारजित गर्नुभयो ।

बेलकोटगढीकै वडा नं ६ मा पुनःदोस्रो कार्यकालका लागि नेकपा ९एमाले०का उम्मेदवार अम्बिका तामाङ निर्वाचित हुनुभयो । यसअघिको चुनावमा पनि वडाध्यक्षमा निर्वाचित तामाङले यसपटकको चुनावमा पनि मुख्य प्रतिस्पर्धी माओवादी केन्द्र र नेपाली कांग्रेसका पुरुष उम्मेदवारलाई पराजित गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

स्वतन्त्र उम्मेदवार विजयी

नुवाकोटको म्यागङ गाउँपालिका वडा नं ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कमलबहादुर तामाङ निर्वाचित हुनुभयो ।यसअघि उक्त वडामा कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएका उहाँले यो पटकको चुनवामा पार्टीले उम्मेदवार नबनाएको भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिनुुभएको थियो ।

पार्टीबाट उम्मेदवार भएकालाई पराजित गर्दै निर्वाचित तामाङले ५७० मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ३६४, माओवादी केन्द्रका उम्मेदवारले २३४ र नेकपा एमालेका उम्मेदवारले १६२ मत ल्याएको निर्वाचत अधिकृत सूर्यदर्शन पण्डितले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.