भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राप्ती लोकमार्गको कपुरकोट–तुलसीपुर सडकखण्ड बन्द

राप्ती लोकमार्गको कपुरकोट–तुलसीपुर सडकखण्ड बन्द

सल्यान । सल्यानको कपुरकोट–तुलसीपुर सडकखण्ड दलहरूले अवरुद्ध पारिएको छ । बिहीबार टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि सडक अवरुद्ध पारिएको हो ।तुलसीपुर उपमहानगरपालिकाका–४ हरनेटीमा बिहीबार बेलुका रा१ख ११२३ नंको टिपरले रा१प ३१७९ नंको मोटरसाइकललाई ठक्कर दिँदा कपुरकोट गाउँपालिका–३ का १८ वर्षीय आकाश सेनको उपचारका क्रममा प्रदेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएपछि क्षतिपूर्ति दिइनुपर्ने भन्दै प्रमुख दलका नेताकै नेतृत्वमा सडक अवरुद्ध पारिएको हो ।

घटना भएको तीन दिन बितिसक्दा पनि घोराही सिमेन्द्र प्रालि र जलजला यातायात प्रालिका जिम्मेवार व्यक्ति सम्पर्कमा नआएको भन्दै सडकमा मुढा राखेर अवरुद्ध पारिएको हो । मृतकका आफन्तले घटनामा संलग्न व्यक्तिहरू सम्पर्कमा नआउँदासम्म शव परीक्षण गर्न नदिने अडान लिएपछि शव प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ ।सडक अवरुद्ध भएपछि सवारीसाधन बीच बाटोमै रोकिएका छन् । तुलसीपुरबाट सल्यान आउने तथा रुकुम–सल्यानबाट दागतर्फ जाने सवारीसाधन कपुरकोटमै राखिएको स्थानीय जितप्रसाद आचार्यले जानकारी दिनुभयो । प्रहरीले भने ठक्कर दिने टिपर र चालकलाई नियन्त्रण लिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.