काठमाडौं । काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार विहान मापन गरिएको तापक्रम जाडो सुरू भएयताको कै कम तापक्रम भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका पहाडी भू–भागमा दिउँसो आंशिक बदली हुन सक्ने महाशाखाले जनाएको छ । पहाडी भू–भागमा बदली भए पनि दिनभर अन्यत्रको मौसम भने सफा रहने जनाइएको छ ।
मंगलबार भने कर्णाली प्रदेश र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली हुने र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । जुुम्लामा न्यूनतम तापक्रम माइनस ०.७ डिग्री सेल्सियसमा झरेको छ । अरु ठाउँको न्यूनतम तापक्रम पनि क्रमिकरूपमा घट्दै गएको छ । मुलुकभरको न्यूनतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको छ ।

