भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

भक्तपुर नगरपालिकाको कारोना कोषमा एक करोड ९६ लाख रुपैयाँ जम्मा

भक्तपुर नगरपालिकाको कारोना कोषमा एक करोड ९६ लाख रुपैयाँ जम्मा

भक्तपुर । भक्तपुर नगरपालिकाको कारोना कोषमा एक करोड ९६ लाख रुपैयाँ जम्मा भएको छ । ले भनपाले कोरोना रोकथाम तथा नियन्त्रण गर्न बनाएको कोषमा व्यक्ति, संघसंस्था, वित्तीय संस्था, जनप्रतिनिधि, शिक्षक र कर्मचारीले रकम जम्मा गरेका गरेका हुन । कोष निर्माण गर्दा नगरपालिकाले एक करोड रुपैयाँ र प्रदेश सरकारले १२ लाख रुपैयाँ जम्मा गरेको भक्तपुर नगरपालिकाले जनाएको छ ।

भक्तपुर नगरपालिकाले बनाएको कोषमा संकलन भएको रकममध्ये हालसम्म एक करोड ५७ लाख ६४ हजार तीन सय ४२ रुपैयाँ खर्च भएको र चैतदेखि असारसम्म एक करोड ११ लाख ८९ हजार दुई सय ४१ रुपैयाँ खर्च भइसेको भनपाले जनाएको छ । मास्क, पन्जा, स्यानिटाइजर, फिनेल, पिपिई र प्रचारप्रसारमा रकम नगरपालिकाले खर्च गरेको छ ।

भक्तपुर नगरपालिकाले ३४ लाख २३ हजार दुई सय ४२ रुपैयाँ खर्चिएर आइसोलेसन केन्द्र समेत निर्माण गरेको जनाएको छ । भक्तपुर नगरपालिकाले विपन्न परिवारलाई लकडाउनको समयमा राहतका लागि ५५ लाख आठ हजार ६२ रुपैयाँ खर्च गरेको उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.